विद्यालयकाे माग : सत्यतथ्य छानविन गरियाेस् – Kanika Khabar
Friday, March 29Nepali News Portal

विद्यालयकाे माग : सत्यतथ्य छानविन गरियाेस्

    मा प्रकाशित

१८ फागुन,दाङ ।
जनजागृति मावि लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमीरेलेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ । विद्यालयले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न माग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर डिसीको नेतृत्वमा रहेको टोलीले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख गणेश चन्दलाई ज्ञापनपत्र बुझाउदै विद्यालयका सहायक प्रधानाध्यापक घिमीरेको मृत्यु शंकास्पद देखिएकाले सत्यतथ्य छानविन गर्न माग गरिएकोक छ । ज्ञापनपत्रमा भनिएको छ –‘विद्यालयका सहायक प्रधानाध्यापक श्रीधर घिमीरे राति घरमा एक्लै भएको र विहान आफ्नै घर अगाडी शंकास्पद मृत अवश्थामा भेटिएको र परिवारको भनाई अनुसार घरमा शंकास्पद वस्तु भेटिएकाले सत्यतथ्य के हो निष्पक्ष छानविन गरि दोषी ठहरिएमा हदैसम्मको कारबाहीको माग गर्दछौ’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाबारे सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले घटनाबारे विभिन्न पाटहरुबाट अनुसन्धान गरिने बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले घटनास्थलमा आफूपनि पुगेको र घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउनुभयो । घटनाको बारे प्रहरी अनुसन्धानमै रहेको र पोष्टमार्टम रिपोर्ट आएपनि थप अनुसन्धान अगाडी बढाउने चन्दले जानकारी दिनुभयो ।रासस
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्