प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

    मा प्रकाशित

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।  एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ । रासस
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्