पोस्टमै सीमित अस्थायी ट्राफिक प्रहरी ‘लमही’ , ‘सवारी चालकलाई समेत कुन गतिमा सवारी हुँइक्याउने भन्ने कुराको ज्ञान छैन’ – Kanika Khabar
Friday, April 19Nepali News Portal

पोस्टमै सीमित अस्थायी ट्राफिक प्रहरी ‘लमही’ , ‘सवारी चालकलाई समेत कुन गतिमा सवारी हुँइक्याउने भन्ने कुराको ज्ञान छैन’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १८ फागुन ।
दाङको लमही बजार पछिल्लो समय यता जथाभावी पार्किङ्को कारण निकै अस्तव्यस्त बन्दै गएको छ ।

न सडक रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू । ट्राफिक चिह्नहरू कहींकतै देख्न पाइदैंन । सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन् । पैदल यात्रुहरू पनि सडकमा मनपरी रूपमा हिँडिरहेका देखिन्छन् । जहाँ मन लाग्यो त्यहींबाट बाटो काटिरहेका हुन्छन् ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट लमही पोस्टमै सीमित  छ । दिउँसोको समयमा एकछिन सडकमा निस्कदा देखिने दृश्यले अस्थायी ट्राफिक प्रहरी लमहीको व्यवस्थापनको अवस्था प्रष्ट्याउँछ । त्यति मात्रै होइन सवारी चालकलाई समेत कुन गतिमा सवारी हुँइक्याउने भन्ने कुराको ज्ञान छैन ।

लमही बजारको बीच बजारमा सवारीसाधन तीव्र गतिमा कुदिरहेका हुन्छन् । ट्राफिक लाइट, होर्डिङ्ग बोर्ड, जेब्राक्रस जस्ता चिन्हहरू न त लमही बजार क्षेत्रमा देख्न पाइन्छ । नत त्यसको प्रयोगमा नागरिकको चासो नै देखिन्छ ।

‘नो पार्किङ्’ लेखेको ठाउँमा समेत सवारी साधन राखेको धेरै ठाउँमा देख्न सकिन्छ । पैदल यात्रीलाई हिँड्नै सकस छ । बाटोको छेउछाउमा व्यापारीहरूले राखेको पसलको सामान र पूर्वपश्चिम महेन्द्र राजमार्गकै छेउछाउमा भएका ग्यारेज पसलहरूको कारण लमही बजार झनै कुरूप र असुरक्षित बनेको छ । ट्राफिक व्यवस्थापन नहुँदा लमही बजार अव्यवस्थित र कुरूप मात्रै बनेको छैन दुर्घटनाको जोखिम बढाएको स्थानीय पवन रिजालले बताउनुभयो ।

लुम्बिनी प्रदेश राजधानीको मुख्य बजार क्षेत्रको रुपमा रहेको लमही बजारमा जथाभाबी सवारी साधनले कानुन बिपरित पार्किङ् गरेको कारण लमही बजार अस्तव्स्त बन्दै गएको छ । जस्ले गर्दा लमही बजार कुरुप बन्दै जानुको साथै दुर्घटनाको जोखिम उतिकै बढ्दै गएको स्थानिय रिजालले बताउनुभयो ।
लमही बजार क्षेत्रमा पार्किङ्को व्यवस्था छैन । लमहीको सनलाईट चोक, राष्ट्रिय बाणिज्य बैंक, गोलघर अगाडि, मालपोत रोड, बगैंचा  रोड लगायत लमहीका अधिकांश मुख्य चोकमा कानुन विपरीत थामी नसक्नु भीडभाड हुन्छ । तर यस विषयमा अस्थायी ट्राफिक प्रहरी लमही मौन बसको लमही निवासी शेरसिङ् खड्काले बताउनुभयो ।

यता अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज  रञ्जित आचार्यले लमही नगरपालिका र देउखुरी उद्योग बाणिज्य संघ लमहीको आदेश विना आफु अगाडि नबढेको बताउनुभयो । ‘म लमहीमा आउनुभन्दा पहिलै होर्डिङ बाेर्ड त्यतिकै चाजिएर राखिएको थियो । यहाँका स्थानीय व्यापारीहरुले बजार क्षेत्रमा होर्डिङ् बोर्ड गार्ड दिएनन् । त्यो राख्न पाए कारवाही गर्न सजिलो हुने थियो । सुरुमा बाेर्ड छ भनेर जानकारी पाइन । लमही नगरपालिकाबाट केही त्यस्तो निर्देशन आएको छैन । सम्बन्धित निकाय आदेश दियोस् बजार व्यवस्थापनमा सक्रियता देखाउँछु, ईञ्चार्ज आचार्यले भन्नुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्