फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    मा प्रकाशित

फुङ्लिङ, फागुन १९  ।

ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ ।

विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हँुदा २९ परिवार विस्थापित भएका थिए  ।

त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा रहेको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्