रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला – Kanika Khabar
Friday, April 19Nepali News Portal

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

    मा प्रकाशित

मकवानपुर, फागुन १९ ।

जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ । मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्