अकुलोप्लाष्टिक सेवा अब दाङमै – Kanika Khabar
Friday, March 29Nepali News Portal

अकुलोप्लाष्टिक सेवा अब दाङमै

    मा प्रकाशित

तुलसीपुर, १९ फागुन ।

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुमा अकुलोप्लाष्टिक सेवालाई थप प्रभावकारी गराउँदै लैजाने तयारी गरिएको छ । यसअघि अकुलोप्लाष्टिक सेवाअन्तर्गत अन्य आँखाका बिरामीहरुलाई सेवा दिँदै आएको राप्ती आँखा अस्पताल, छन्द कालेबावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पतालमा अकुलोप्लाष्टिक क्लिनिक युनिट नै खडा गरेर सेवालाई थप व्यवस्थापनका साथ सञ्चालन गरिने अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले जानकारी दिएकी छन् ।

अकुलोप्लाष्टिक सेवाअन्तर्गत आँखामा परेला भित्र परेर आँखाको सीसामा घाउ भएको, आँखाको ढकनी तल झरेको, आँखा ठूलो देखिनेलाई सानो गराउने, सानो आँखालाई ठूलो देखिने, आँखाको आँसु जाने नलीमा समस्या भएर आँसु आइरहने तथा आँखामा मासुहरु पलाएकोलगायत अन्य कष्टमेटिक सर्जरीहरु जस्तै आँखाको वरिपरीको हड्डी भाँचिएको जोड्ने, बढ्दो उमेरसँगै आँखाको ढकनीको छाला झरेर आँखा ढाकिनेको उपचार तथा अन्य आँखाको कष्टमेटिक सर्जरी पनि गरिने छ ।

यसैबीच राप्ती आँखा अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाको सहकार्यमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बेहोस पारेर बालबालिकाको आँखाको शल्यक्रिया गर्ने सुविधा सेवा शुरु भएको छ । ‘यसअघि पनि सेवा धेरैलाई दिएका थियौं, अब बेहोस पारेर बालबालिकाको आँखाको शल्यक्रिया गर्ने सुविधा जिल्लमै दिन शुरु गरेका छौं, प्रतिष्ठान र हाम्रो सहकार्यमा’, चेफ मेडिकल डाइरेक्टर कटुवालले भनिन् । उनले आँखा अस्पतालमा दुईजना अकुलोप्लाष्टिक सम्वन्धी सेवा दिने चिकित्सकहरु भएसँगै नयाँ युनिट खडा गरेर सेवालाई थप प्रभावकारी गराइने समेत बताइन् ।

आइची मेडिकल युनिभरसिटी हस्पिटल जापानबाट फेलोसीप इन अकुलोप्लाष्टिक, अर्बाइटल र ल्याक्रामल सर्जरीमा एक बर्षको तालिम लिई आएका नेत्र विशेषज्ञ डा. एरिक वैद्य, नेत्र विशेषज्ञहरु डा. प्रज्ञा बस्नेत, प्रतिष्ठानकै नेत्र विशेषज्ञ डा. सगुन मल्ललगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले बालबालिकाहरुलाई सफल शल्यक्रिया गरेका थिए ।

प्रतिष्ठानमा दाङका ७ बर्षीय बालकको परेलाले देव्रे आँखाको सीसामा घोचेर लामो समयदेखि घाउ भइरहेको अवस्थामा त्यसलाई शल्यक्रिया गरेर परेलालाई बाहिर फर्काइएको थियो भने सल्यानका १० बर्षीय बालकको देब्रे आँखाको माथिल्लो ढकनीमा लामो समयदेखि घाउ निको नभएर पिप जम्मा भइरहेको अवस्थामा एक बर्ष अगाडि भारतमा शल्यक्रिया गरिएको र पिप जम्मा हुन रोक्नका लागि पहिले प्रयोग गरिएको टाँकालाई शल्यक्रियामार्फत निकालिएको थियो ।

राप्ती आँखा अस्पताल रक्षाचौरमा बेहोस पार्ने एनेस्थेसियाका चिकित्सक नहँुदा प्रतिष्ठानमा एनेस्थेसियाको सहयोगमा पहिलोपटक बेहोस पारेर बालबालिकाको आँखाको शल्यक्रिया गरिएको डा. वैद्यले जानकारी दिए । सल्यानका १० बर्षीय बालकको आँखामा संक्रमण हँुदा एक बर्षदेखि पिप जम्मा भई आँखा हेर्न समस्या भएपछि शल्यक्रिया गरेर त्यो पिप फालिएपछि अहिले आँखाको धेरै सुधार भइरहेको उनले बताए ।

‘उनले अब अकुलोप्लाष्टिकसम्वन्धी सबै सेवाहरु दाङमै दिने तयारी गरेको बताए । ‘अब अकुलोप्लाष्टिकसम्वन्धी सेवाहरु दाङमै दिनेछ, घर–आँगनमै सेवा दिने हाम्रो तयारी छ’, डा. वैद्यले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्