‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

    मा प्रकाशित

काठमाडौँ, फागुन १९ ।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो ।

सभामुुख सापकोटाले भन्नुुभयो, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिएँ । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिएँ, खोप दिइसकिएको छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वस्थ रहन अपिल गर्नुभयो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उहाँले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गर्नुुभयो ।

अध्यक्ष दाहालले भन्नुुभयो, “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नुुहुुन्छ होला भनेको त भइसक्यो पो भन्नुुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुुन्छ ।”

सञ्चारकर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उहाँले सर्वाेच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”

पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिनुुभयो । उहाँले भन्नुुभयो, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुुभव भएन । घोचिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वस्थ हुन प¥यो ।”

पूूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलिने सम्भावनाको खतरालाई सर्वाेच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिनुुभयो । उहाँले भन्नुुभयो, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसद्मार्फत राजनीतिक दलले गर्छन् ।”रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्