सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

    मा प्रकाशित

ती सामग्री सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्नेसरकारको प्रयासलाई सहयोग पु¥याउनेछ विश्वास व्यक्त गरिएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल, चीन र युनएफीपए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई,आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि,औजार तथा अन्य सामग्री छन् । यसले सुरक्षित सुत्केरी गराउन,जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ । सो अवसरमा प्रमुख विशेषज्ञ डा पोखरेलले भन्नुभयो, “कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तरछ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रीत छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेकोछ ।

हामी चीन सरकार र युएनएफपीए प्रति आभारी छौँ ।”मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ । “स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुँदा महिला र किशोरीकोलागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदानगर्न सहज हुने वास्तविकत सर्वविदितै छ ।

नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमकोसहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि युएनएफपीएप्रतिनिधि लुब्ना बाकिले भन्नुभयो ।

यस अघि पनि नेपाल, चीन र युएनएफपीए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत एकहजार २०० सेट पिपिई र तीनहजार ६०० थान स्यानिटाइजर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।  रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्