पशुपतिनाथमा विशेष पूजा फागुन २५ गतेदेखि सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पशुपतिनाथमा विशेष पूजा फागुन २५ गतेदेखि सुरु

    मा प्रकाशित

फागुन २०, काठमाडौँ ।
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

हाललाई एक हजार एक सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो ।

फागुन २७गते महाशिवरात्रीका दिन पाँच हजार एक सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने तयारी गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्