‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती र टुसालको बराबरी – Kanika Khabar
Friday, April 19Nepali News Portal

‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती र टुसालको बराबरी

    मा प्रकाशित

फागुन १९, काठमाडौँ ।
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अङ्क बाडेको छ । आज भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु प¥यो । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाउनुभएको थियो ।

तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याउनुभएको थियो । यस बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ ।नयाँबस्ती छैटौं स्थानमा रहेको छ ।टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्