जखेरामा गायिका ज्योती मगरले मच्याउँँदै धमाका – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

जखेरामा गायिका ज्योती मगरले मच्याउँँदै धमाका

    मा प्रकाशित

शिवु खनाल

देउखुरी, २० फागुन ।

महाशिवरात्री पर्वको अवसरमा दाङ देउखुरीको जखेरा तालमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लुम्बिनी प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्र लमहीको जखेरातालमा महाशिवरात्री अवसरमा एकदिने सांस्कृतिक कार्यक्रम संचालन हुन लागको जखेराताल शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले (लेलिन)ले जानकारी दिनुभयो ।

स्थानीय कला, संस्कृति र सम्पदाको संरक्षण गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका महासचिव बन्जाडेले बताउनुभयो । कार्यक्रममा अलिहे चर्चित बहुप्रतिभाकी धनी लोक तथा दोहोरी गायिका ज्योति मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

फागुन २७ गते हुने सांस्कृतिक कार्यक्रममा कलाकार ज्योती मगर, विक्रम राना, थारु गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स समुह र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ् स्टारको सम्पूर्ण टिमले सांस्कृतिक कार्यक्रमम प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा दाङ जिल्लाको ख्याती प्राप्त गायक तथा मोडेल अनुप बुढाले उक्त कार्यक्रमको प्रस्तोता गर्नुहुने भएको छ । बुढा दाङ जिल्लामा रहेर छोटो समयमा धेरै स्रोताहरुको मनमा बस्न सफल हुनु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्