अब नयाँ जनादेशबाटै काँग्रेसले मुलुकको नेतृत्व लिनुपर्छ : नेता थापा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अब नयाँ जनादेशबाटै काँग्रेसले मुलुकको नेतृत्व लिनुपर्छ : नेता थापा

    मा प्रकाशित
फागुन २१, काठमाडौं ।
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार  काँग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए ।

अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए ।

सभामा काँग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरे ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्