आज ऐतिहासिक दिन : विप्लव – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आज ऐतिहासिक दिन : विप्लव

    मा प्रकाशित

फागुन २१, दाङ ।
सरकारले प्रतिवन्धित गरेको नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज औपचारिक रूपमा सार्वजनिक भएका छन्।

सरकार र विप्लव समुहका बीच हिजो तीन बुँदे सहमति भएको थियो । आज विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित भएका हुन्।

समारोहलाई सम्बोधन गर्दै चन्दले आज शुक्रवारको दिनलाई नेपाली राजनीतिको ‘एउटा नयाँ दिन’ भनेका छन्।

सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताए। उनले थपे, ‘यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन। यो सहमतिपछाडि एउटा महान् आकाङ्क्षा छ, नेपाली जनताका चाहना अझै पूरा नभएको र सहिदको सपना मर्न दिदैनौँ ।’

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको सङ्ज्ञा दिए।

‘आज एउटा ऐतिहासिक काम भएको छ। अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन।अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’

शुक्रबारको हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

२०७५ सालको फागुन अन्तिम सातातिर प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्