ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट सुरु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन २१ तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा ईन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ शुक्रबार देखि सुरु भएको छ ।
रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले मानव स्वास्थको अभिन्न अंग खेलकुदको बिकास बिना समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।
`बिकसित मुलुकले खेलकुदका माध्यम बाटै समृद्धि हाँसिल गरेका छ्न् देशको समृद्धिको मुख्य सुचक खेलकुद हो अब हामी खेलकुदमा लगानी बढाउदै लैजाने पक्ष मा छौँँ ´ उहाँले भन्नुभयो । त्यस्तै उहाँले भन्नुभयो खेलकुदको सहर तुलसीपुर खेलमय बन्दैछ, हामी भौतिक संरचना निर्माण र खेल गतिविधि एकै साथ अगाडि लैजादैछौ । त्यस्तै विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिङले तुलसीपुर क्षेत्रमा बढेको खेल गतिबिधिको प्रशंसा गर्दै बाहिर जिल्लाबाट आउने खेलाडीको सुरक्षा ब्यबस्थापन मजुबुत पारेको बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटिका प्रस्तावित अध्यक्ष शिव प्रसाद श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिङ र तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकल को बिशिस्ट आतिथ्य मा भएको थियो । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेको स्वागत रहेको कार्यक्रम को संचालन रोटरी क्लब अफ तुलसीपुर सिटिका महासचिव देवेन्द्र केसि ले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगितामा रोटरी क्लब अफ तुलसीपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसीपुरले बिजयी सुरुवात गरेका छन । शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोटरी क्लब अफ लमहीलाई ३ का बिरुद्ध ११ गोलको फराकिलो अन्तरले पाखा लगाउदै रोटरी क्लब अफ तुलसीपुर सिटिले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै रोटरी क्लब अफ धनगडी लाई २ का विरुद्ध १७ गोलको भारी अन्तरले पाखा लगाउँदै रोट्रयाक्ट क्लब अफ तुलसिपुर ले बिजयी यात्रा सुरु गरेको हो ।
आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको प्रतियोगिता का संयोजक रुपेश शर्मा ले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उप विजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्मा ले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ ।
फागुन गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ। यसैविच प्रतियोगिताको फाईनल तथा समापन समारोह सनिवार हुने आयोजक ले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्