दाङबाट मञ्जिल चलचित्रको छायांकन सुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङबाट मञ्जिल चलचित्रको छायांकन सुरु

    मा प्रकाशित

दाङ,२१ फागुन ।

नेपाली कथानक चलचित्र ‘मञ्जिल’ दाङबाट छायांकन कार्य शुरु गरिएको छ । शुक्रबार दाङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल अम्बिकेश्वरी मन्दिर परिसरमा चलचित्र मञ्जिलको शुभमुहुर्त गरि छायांकन शुरु गरिएको हो ।

कमर्र्शीयल र सस्पेन्स प्रेम कथामा आधारित चलचित्र मञ्जिलको छायांकन दाङ, प्युठान, रोल्पा र काठमाडौंमा गरिने चलचित्रका निर्देशक सन्देश शाहले जानकारी दिएका छन् । चलचित्रको निर्मातामा अमर घर्ती रहेका छन् । उनले यसअघि थुप्रै म्युजिक भिडियोसँगै विभिन्न सटमुभी निर्माण गरेका छन् ।

चलचित्र ‘मञ्जिल’मा कलाकार धिरेन शाक्य, सागर खनाल, एलिशा बास्तोला, शशी शर्मा मजगैयाँ, बालकलाकारहरुमा सुभेष नेपाल, उजेश न्यौपाने र श्रेया बुढाथोकी रहेका छन् । चलचित्रको शुभमुहुर्त कार्यक्रममा निर्देशक शाहले चलचित्रको कथाबस्तु अनुसार कलाकार अनुबन्ध गरिएको बताएका थिए । चलचित्र निर्माणमा करिव ५० लाख लाग्ने अनुमान गरिएको निर्देशक शाहले जानकारी दिएका छन् ।

निर्देशक शाहले यसअघि ‘अधुरो प्रेम’, ‘सुपर हिरो’लगायत चलचित्र निर्देशन तथा ‘नाई नभन्नु ल ५’, ‘छक्का पञ्जा’ लगायतका सफल चलचित्रको सहायक सम्पादनको रुपमा काम गरिसकेका छन् । अमर युनिक ईन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको बाबु श्रेष्ठ र सौरभ लामाले छायांकनमा रहेका छन् । त्यसैगरी चलचित्रमा माधव शर्माको लेखन तथा पटकथा रहेको छ ।

रेड ड्रागन क्यामरा प्रविधिसहितको छायांकन गरिएकाले चलचित्र उच्च गुणस्तरको हुने निर्माण पक्षको दावी छ । आउने बैशाख दोश्रो सातासम्म चलचित्रको सम्पूर्ण काम सकाउने लक्ष्यका साथ छायांकन सुरु गरिएको चलचित्रका प्रोडक्सन म्यानेजर नारायण नेपालले जानकारी दिएका छन् । चलचित्र मञ्जिलको प्रदर्शन गर्नु अघि च्यारिटी शो दाङमा गरिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्