आयोगको टोलीमाथि गरेको दुर्व्यवहारप्रति कर्णालीका प्रमुख सचिवसँग जानकारी माग – Kanika Khabar
Friday, March 29Nepali News Portal

आयोगको टोलीमाथि गरेको दुर्व्यवहारप्रति कर्णालीका प्रमुख सचिवसँग जानकारी माग

    मा प्रकाशित

सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोगले आयोगको टोली माथी दुव्र्यवहार गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठसँग जानकारी माग गरेको छ । गएको बुधबार अनुगमन गर्न आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीमाथि प्रमुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले दुव्र्यवहार भएको सम्बन्धमा यथार्थ विवरण उपलब्ध गराउन आयोगले शुक्रबार पत्राचार गरेको हो ।
आवास, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न माग राखी बादी समुदायद्वारा गरिएको धर्नाको अनुगमन गर्न आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोली माथी दुव्र्यवहार भएको सम्बन्धमा यथार्थ विवरण उपलब्ध गराउन आयोगले पत्राचार गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा। टीकाराम पोखरेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ,‘नेपालको संविधान र प्रचलित कानूनले निर्दिष्ट गरेको दायित्व एवम् अधिकार अनुरुप अनुगमन गर्न आयोगको नेतृत्वमा खटिएको मानव अधिकारकर्मीको टोलीमाथि भएको दुव्र्यवहार सम्बन्धमा यथार्थ विवरण ३ दिन भित्र उपलब्ध गराउन नेपालको संविधान र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ बमोजिम माग गरिएको छ ।’
कर्णालीका वादी समुदायका मागका सम्बन्धमा प्रदेश सरकारबाट गरिएको पहलबारे छलफल तथा जानकारी लिन प्रमुख सचिवको कार्यालयमा गएको आयोगको अनुगमन टोलीलाई तपाईले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाई आयुक्त होर रु भनी आयोगको टोलीमाथि दुव्र्यवहार गरेको र प्रहरी सहायक निरीक्षक नरेन्द्र बिसीलाई आदेश दिई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास गरेको भनी आयोगमा प्रतिवेदन प्राप्त भएको थियो ।

बिहीबार कर्णालीका १७ ओटा मानव अधिकारवादी संघसंस्थाहरूले पनि सचिव श्रेष्ठलाई कारवाही गर्न माग गरेका थिए । मानव अधिकारवादी संस्था इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी भन्छन– सचिव ज्युको त्यो व्यवहार गलत छ ।

‘ हामीले एसअघि पनि वादी समुदायको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थियौँ । यद्यपी, सरकार सुनुवाइ गर्न चाहँदैन ,’उनले भने ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्