संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल – Kanika Khabar
Friday, April 19Nepali News Portal

संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल

    मा प्रकाशित

फागुन २२, कास्की ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र वैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठकको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलवादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट बचेको उल्लेख गरे ।

नेता पौडेलले भने, “अहिलेको व्यवस्था विघटनबाट बचेको छ तर यो व्यवस्थालाई विकृति र विसङ्गतिबाट बचाउनु छ । यसलाई बचाउन नसके यस्ता अनिष्ट हाम्रो आकासमा मडारिहन्छन् ।”

उनले हाम्रो राजनीतिक भूमिका कहाँ उपयुक्त हुन्छ, त्यहाँ कुनै पूर्वाग्रह आग्रह नराखी पूरा गर्नुपर्दछ भन्ने आफ्नो पार्टीभित्र मत रहेको  बताए । “प्रतिपक्षमा सानो भएपनि भूमिका ठूलो छ । प्रजातन्त्रका लागि निरन्तर लड्दै आएकाले लोकतान्त्रिक प्रणालीको प्रक्रियालाई आफ्नो स्वार्थका लागि बिथोल्ने कार्य नगरौँ, स्वभाविक ढङ्गले अघि बढाउन सहयोग गरौँ ।”

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले लोकतन्त्रको रक्षा र नागरिक खबरदारीका लागि समाजका विभिन्न सङ्घ संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुइ दिनसम्म सञ्चालन हुने समाजको राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्