नेपाल शिक्षक संघ दाङको २३ औ जिल्ला प्रतिनिधि सभा सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपाल शिक्षक संघ दाङको २३ औ जिल्ला प्रतिनिधि सभा सम्पन्न

    मा प्रकाशित

२२ फाल्गुन,दाङ ।

नेपाल शिक्षक दाङ जिल्ला कार्य समितिको २३ औ जिल्ला प्रतिनिधि सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको सभापतित्वमा सम्पन्न जिल्ला प्रतिनिधि सभाले नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र सचिव अर्थ पूर्ण बहादुर केसीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित गरेको छ ।

“शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवन उपयोगी शिक्षा” भन्ने मूल नाराका साथ सम्पन्न जिल्ला प्रतिनिधि सभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले देशमा प्रजातन्त्रिक चुनावी नतिजामा कमजोर हुदा आएको परिणामबाट अहिलेका राज्य सञ्चालकहरुले प्रजातन्त्रमा आस्था राख्ने शिक्षकहरुमाथि प्रहार गरेको बताएका छन । अहिले शिक्षकहरुमाथि भइरहेको प्रहार रोक्न प्रजातन्त्रलाई बलियो बनाउनु पर्नेमा बक्ताहरुको जोड छ । देशमा बामपन्थीहरुको सरकारको भएको आडमा राज्यशक्तिको दुरुपयोग गर्दै अहिले प्रजातन्त्रप्रति आस्था राख्ने शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई छानिछानि दुख दिने काम भइरहेको बक्ताहरुको गुनासो थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस दाङका सभपति कृतिबहादुर खड्काले बौद्धिक बर्गको सम्मान गर्न नसक्ने राज्यमा समाज सुदृण हुन नसकेको बताउनुभयो । अव बन्ने शिक्षा नितिमा जो सुकै सरकारमा गएपनि बौद्धिक बर्गलाई सम्मान गर्ने खालको ब्यवस्था ल्याउन जरुरी भएको भन्दै प्रमुख अतिथि खड्काले राजनितिबाट शिक्षा क्षेत्रमाथि हुने गरेको प्रहार रोक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. टि. एन योगीले शिक्षकहरु एक सम्मानित र मर्यादित ब्यक्ति भएको भन्दै आस्थाका आधारमा शिक्षकहरुमाथि हुने गरेको प्रहार रोक्नुपर्ने बताउनुभयो । कार्यक्रमका अर्का बिशिष्ट अतिथि नेपाल शिक्षक संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काले सत्तासिन दलमा आस्था राख्ने शिक्षकहरुको पेशागत संगठनहरुले समेत राज्य सञ्चालकहरुको अधिनायकबादी शैलिलाई साथ दिदा शिक्षकहरुका समस्या आझेलमा परेको गुनासो गर्नुभयो । उहाले जसका कारण कानुनी प्रावधानलाइ मिच्दै स्थानीय सरकारहरुले शिक्षकहरुलाई आस्थाको आधारमा सरुवा लगाएका बिषयमा दुख दिने गरेको बताउनुभयो ।

संघका पूर्व बरिष्ट केन्द्रीय उपाध्यक्ष गोविन्दप्रसाद न्यौपानेले दरबन्दी मिलान, शिक्षक सरुवा लगायतका बिषयमा पछिल्लो तिन बर्षमा स्थानीय सरकारले निर्लज्जतापूण तरिकाले मनदाग्दी गरेको भन्दै बिधिबिधानलाई मिच्ने काम बन्द गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अर्का बिशिष्ट अतिथि नेपाल शिक्षक संघ लुम्विनी प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले सरकार र नेपाल शिक्षक महासंघबिच भएको ३० बुदे सहमति महासंघको नेतृत्व सम्हालेकाहरु एकातिर बिधान मिच्ने र अर्कोतिर राज्य सञ्चालकहरुसँग मिल्दा मुद्धाहरु ओझेलमा परेको गुनासो गर्नुभयो । अवको केहिसमयमा ३० बुदे सहमति कार्यान्वयको प्रक्रियामा अघी बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङको दोस्रो कार्य समिति—२०५० सालका पदाधिकारी तथा सदस्यहरु प्रमोद कुमार न्यौपाने, रमेशकुमार पाण्डेय,तुल्सीराम भुसाल,मेहरमान केसी, पुष्कर बस्नेत, निमबहादुर केसी, खिमबहादुर बस्नेत,बिनोद खड्का, शक्तिकुमार शर्मा, नारायण प्रसाद लामिछाने र दिधिराम अधिकारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । संगठनको कामलाई प्रभवकारी रुपमा सञ्चालन गर्ने नेपाल शिक्षक संघ राप्ति गाउँपालिकालाई जिल्लाको उत्कृष्ट कार्य गर्ने संघको स्थानीय निकायका रुपमा सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष अनन्ता केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति भूपबहादुर केसी, संघका पूर्व उपमहासचिव शुशीला सुवेदी, पूर्व अध्यक्ष कुमोद पोख्रेल, सम्मानित ब्यक्तित्व प्रमोदकुमार न्यौपाने, अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्याक्ष बिमला भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव मीनराज शर्मा लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई संघका उपाध्यक्ष योगराज खत्रीेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्