नागरिक समाजको भुमिकालाई क्रियाशील बनाउन सुझाव – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नागरिक समाजको भुमिकालाई क्रियाशील बनाउन सुझाव

    मा प्रकाशित

२२ फागुन, दाङ ।

नागरिक समाज दाङको साधारण सभा तथा अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ । समाजका संयोजक चन्द्रराज पन्थको अध्यक्षता तथा नागरिक समाज दाङका संस्थापक संयोजक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं पुर्व संयोजक टिकाराम रेग्मीको विशिष्ठ आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि संस्थापक संयोजक शर्माले लामो त्याग, तपस्या र संघर्षबाट प्राप्त भएको गणतन्त्र र संविधानको रक्षाको लागी नागरिक समाजले महत्वपुर्ण कदम चल्नु पर्ने बताउनुभयो ।

देश विकासका लागी राजनीतिक दल आवश्यक भए पनि दलतन्त्र मौलाउदै जानु दुखद भएको बताउनु भयो । दलमा लागेका व्यक्तिहरुको मात्रै संरक्षण हुने भन्दै स्वतन्त्र विचार भएका नागरिकले पनि संरक्षण पाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट    अतिथि पुर्व संयोजक रेग्मीले नागरिक समाजले नेपालको राजनितिक र सामाजिक आन्दोनमा ठुलो योगदान गरेको भन्दै वर्तमान समयमा आफ्नो भुमिकालाई क्रियाशिल बनाउन सुझाव दिनुभयो ।

यस्तै समाजको स्थापना र विकास लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थापक संयोजक शर्मा र पुर्व संयोजक रेग्मीलाई सम्मान गरिएको हो । समाजको संस्थागत प्रतिवेदन सचिव लक्ष्मी आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरीलाल विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्