आफ्नाे (नेकपा) गुट उपस्थिति नभएको भन्दै मेयर केसीद्वारा सबै निर्णय बदर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आफ्नाे (नेकपा) गुट उपस्थिति नभएको भन्दै मेयर केसीद्वारा सबै निर्णय बदर

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २३ फागुन
दाङको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले ठाडो आदेशमा १ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आयाेजना कमिटी अध्यक्ष जया रावललाई पार्टीको एउटा नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) गुठ उपस्थिति नभएको भन्दै सबै निर्णय बदर गरेर नगरपालिकाले नै गर्ने भन्दै बिदा गरेकाे छ ।

आईतवार १ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आयाेजना कमिटीले विज्ञप्तिमार्फत नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले आफ्नाे पार्टीको विवादमा नगरपालिकाकाे कर्मचारीले अध्यक्ष जया रावललाई फाेन गरेर कार्यालयमा बाेलाई नगरपालिकाले आफैले कार्यक्रम गर्ने गरि विदा गरेको भन्दै प्रेस विज्ञप्तिमार्फ घाेर भर्सना गरेको छ ।

१ सय ११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने सन्दर्भमा ०७७/११/१८ गते लमही नगरपालिकाले नगर अन्तरगत रहेका विभिन्न संघसंस्थाहरू लाई परिपत्र गरि बैठक बसि २७ जनाको उपस्थितिमा श्रमिक दिवस मनाउनका लागि मानव अधिकारहरूका रक्षक क्षेत्रीय संञ्जालका उपाध्यक्ष जया रावलकाे अध्यक्ष, निलकमल सामाजिक उद्यमी सहकारी संस्थाका प्रतिनिधि विष्णु शर्मा र मनकामना महिला विकास सहकारी संस्थाका प्रतिनिधि जानका पाण्डे काेषाध्यक्ष रहने गरि नगर क्षेत्रभित्र सम्पूर्ण संघसंस्था सदस्य रहने गरि आयाेजक कमिटी गठन भयाे । पुन याे आयाेजक कमिटीले ०७७/११/२१ गते जया रावलकाे अध्यक्षता तयारीमा बैठक बसि अनुमानित बजेट विनियोजन, उपसमिति बनाई कामको जिम्मेवारी वाडफाड, प्रमुख अतिथि, विशिष्ट र अतिथि छनाेट, निर्णायक कमिटी छनाैट निर्णय गरि बैठक गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा कुनै पनि राजनीति दलका भातृ संगठनलाई नबाेलाएकाे र संघसंस्थाकाे उपस्थितिमा नगरपालिकाबाट जानकारी गएको विज्ञप्तिमा जनाइएको छ । तसर्थ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा साभरझा भएर सबैकाे प्रतिनिधित्व हुने गरि र नगर प्रमुख केसीले आफ्नाे पार्टीको विवाद महिलाको बिचमा ल्याई सबै संघसंस्थाकाे उपस्थितिमा गरेको निर्णयलाई बदर कार्य प्रति अध्यक्ष जया रावल र सचिव विष्णु शर्माको हस्ताक्षर सहित घाेर भत्सर्ना गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्