नेकपाबारे सर्वोच्चको फैसलाले मनमा चिसो पसेको छ : मुख्यमन्त्री भट्ट – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपाबारे सर्वोच्चको फैसलाले मनमा चिसो पसेको छ : मुख्यमन्त्री भट्ट

    मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षा विपरीत आएको बताएका छन् ।

आइतबार बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उनले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताए । “त्यस निर्णयले खुशी दिएको छैन,”, उनले भने, “नेकपाकै नामबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । मनमा चिसो पसेको छ । देशलाई अन्योलतिर धकेलेको छ ।”
“दुई पार्टीबीचको एकता जन अपेक्षानुरुप कार्य गर्ने, पटकपटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो,”, उनले भने, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ । जनताले दुई तिहाई पु-याए । संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुशी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ ।”रासस
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्