घाेराही नगर प्याब्सनद्वारा आयाेजित वक्तृत्वकला सम्पन्न – Kanika Khabar
Thursday, March 28Nepali News Portal

घाेराही नगर प्याब्सनद्वारा आयाेजित वक्तृत्वकला सम्पन्न

    मा प्रकाशित

कनिका खबर
फागुन २५, दाङ ।
१११ औँ नारी दिवसकाे अवसरमा घाेराही नगर प्याव्सनले वक्तृत्वकला सम्पन्न गरेकाे छ । नारी दिवसकाे अवसर पारेर नगर प्याब्सनले मावि स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेकाे हाे ।
`विकास र समृद्धिमा महिला सहभागिता´ विषयक वक्तृत्वकला कार्यक्रममा गाेरखा मावि घाेराहीकी प्रकृति चाैधरी प्रथम, स्वर्गद्वारी बाेर्डिङ स्कुल नारायणपुरकी सजना पाैडेल द्वितीय र नवचेतना मावि रामपुरका माेहन सुवेदी तृतीय भएका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य यादव गिरी, जिल्ला उपाध्यक्ष निर्मल न्याैपाने, सचिव खगेश्वर पाैडेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सतिश सुवेदी र कमला घिमिरेले निर्णायककाे भूमिका निभाएका थिए ।

घाेराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । राजविद्या पाठशालमा भएकाे कार्यक्रमकाे सहजीकरण सचिव सुर्य बहादुर रावतले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्