लमहीमा चर्चित गायक चक्र बम आउँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

लमहीमा चर्चित गायक चक्र बम आउँदै

    मा प्रकाशित

शिवु खनाल
दाङ, २ चैत
पश्चिमेली देउडा गायक तथा चर्चित मोडेल चक्र बम सात गते लमहीमा आउने भएका छन् ।

उनी आउन थालेकाे डिटु–कला केन्द्र लमहीका संयोजक दिपक बर्माले जानकारी दिनुभयो । दाङको लमहीमा जारी देउखुरी डान्सिङ्ग स्टार ग्रेण्ड फिनाले सिजन फोरको फाइनलिस्ट समापन कार्यक्रम गायक बम चैत सात गते लमही आउँन लागेका हुन् ।

देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा बाह्रजना प्रतिपर्धिहरूको सहभागी रहेको छ ।
गायक तथा चर्चित मोडेल चक्र बमको दर्जनौँ भन्दा पश्चिमेली देउडा गीतले निकै चर्चा पाएको छ । छोटो समयमा दर्शकहरुको माया अपार पाएका गायक तथा चर्चित मोडेल बमको पाहाडीया बिग्रियो जाडको झोलमा नच भुन्टी नाच, बम्बई गैजाने, ओए काजल लगायत भन्दा बढी गीत स्रोताले मन पराएका हुन् ।
कार्यक्रममा यासी थापा, स्मृति प्रधान, शिखा चौधरी, सपना विक, सुस्मिता कोइराला, प्रतीक्षा पोख्रेल, करिष्मा सुवेदी, सुरक्षा नेपाली, मनिषा पुन, अरूणीमा तामाङ र आम्दा आले चैत ७ गते लमहीको सार्वजनिक बगैचामा प्रथम, द्वितीय  र तृतीयका लागि प्रतिस्पर्धा गर्ने छन् ।
फाईनलिस्ट कार्यक्रममा नेपालकै चर्चित गायक तथा मोडेल चक्र बम, आधुनिक गायक बिबश न्यौपाने, दाङका चर्चित कार्यक्रम प्रस्तोता एवम् गायक तथा मोडल अनुप बुढा लगायत स्थानीय कलाकारहरूको सहभागी रहने डिटु–कला केन्द्र लमहीका संयोजक दिपक बर्माले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा प्रथम हुनेले पचास हजार म्युजिक भिडियो, द्वितीय  हुनेले तीस हजार र  म्युजिक भिडियो र तृृृृतीय हुनले बीस हजार र म्युजिक भिडियो पुरस्कारको व्यवस्था रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्