किन लेखे ईश्वरले कविता ? – Kanika Khabar
Friday, March 29Nepali News Portal

किन लेखे ईश्वरले कविता ?

    मा प्रकाशित

कनिका खबर 

चैत  २, दाङ । 

नेकपा एमालेभित्र असहमति तीव्र बढिरहेकाे बेला उपप्रधानमन्त्री तथा पार्टी  महासचिव इश्वर पाेखरेलले एक भावुक कविता सिर्जना गरेका छन् । `आफ्नो घर´ शीर्षकमा रचना गरिएकाे कवितामा पाेखरेलले घरलाई बिम्ब बनाएर कविता रचना गरेका छन् । असहमतिका बिच आएकाे पाेखरेलकाे याे कवितालाई राजनीति वृत्तमा अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

यस्ताे छ पाेखरेलकाे कविता 

आफ्नो घर
——————
अग्रजहरूको-
रगत पसिनाले सिंचित जगमा ।

मिहिनेतले –
बनाएको आफ्नै घर ।

सभ्यता र संस्कृतिको –
प्रतीक बनेको आफ्नै घर ।

सौभाग्यको पर्याय रहेको हाम्रो घर !
भाग्य र भविष्यको प्रतीक हाम्रो घर !

विडम्वना !
कुनैवेला त्यही घरमा
विरानो जस्तो बन्यौं – हामी ,
हराएको जस्तो बन्यौं / बनाइयौं – हामी !

साँच्चै भनौं –
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो !
सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किलनै पर्छ कि भन्ने लाग्यो !

आज त्यही घरमा पुगेकाछौं !

मेरो प्रिय घर !
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन
स्वाभिमानलाई झुक्न दिनेछैन!

सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ
तर , म हराउन सक्तिन – मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्