टी–ट्वान्टी वरीयतामा नेपाल यथावत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

    मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

 

नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । नेपालको टी ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

 

स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन् ।

 

खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औं स्थानमा यथावत हुनुहुन्छ। यस्तै सन्दीप लामिछाने बलिङतर्फ ८३ औं स्थानमा रहनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्