अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
चैत ८ तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा दाङ जिल्ला अन्तर बिधालय स्तरिय एथलेटिक्स प्रतियोगिता २०७७ हुने भएको छ ।
दाङ जिल्ला एथलेटिक्स संघ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत २८ गते बेल्झुण्डी रंगशालामा हुुनेछ ।
सबै खेल ले मदर खेल को रुपमा लिने एथलेटिक्स खेल को बिकास र बिस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राई ले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा मा जिल्लामा स्थापित निजि तथा सामुदायिक बिधालयमा अध्ययनरत २० वर्ष मुनि उमेर समुहका छात्र/छात्राको सहभागिता रहनेछ ।
एक दिने प्रतियोगितामा ट्रयाक तर्फ १००,२००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपट र लङजम्प गरी ५ वटा ईभेन्ट्स मा कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने बिधालय लाई ट्रफी तथा खेलाडी लाई नगद पुरस्कार,मेडल, प्रमाणपत्र प्रदान गरिने संघ का सचिव लक्ष्मण बस्नेतले जानकारी दिनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्