लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता

    मा प्रकाशित

शिवराज खनाल

देउखुरी,८ चैत ।

कोभिड १९ ले थला परेको नेपालको खेलकुद क्षेत्रमा पछिल्लो केही समयदेखि जिल्ला जिल्लामा खेलकुदका प्रतियोगिता शुरु भएका छन ।
आईतवारदेखि दाङ जिल्लाको देउखुरी उपत्यकाको लमहीमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट एकेडेमी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको शुभारम्भ समारोहमा आरएस स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका निर्देशक तथा अन्तरास्ट्रिय क्रिकेट खेलाडी राजवीर सिङले प्रतियोगिताले नेपाली खेलाडीलाई विदेशिको अनुभव सिक्न अवसर मिल्ने धारणा राखेका थिए ।

प्रतियोगितामा दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जिल्लाका खेलाडीहरुलाइ नयाँ बाताबरणमा खेलखेल्नका लागि आत्म विश्वास बढाउने उल्लेख गरे ।

देउखुरी क्रिकेट कल्बका उपाध्यक्ष प्रकाश जिसीले भारतका खेलाडी समेत आएर स्थानिय खेलमैदानमा खेलेको हेर्न पाउदा गौरवको अनुभुती भएको सुनाए । प्रतियोगिताको शुभारम्भमा लमही क्रिकेट संघका अध्यक्ष किरन बुढाथोकी कोषाध्यक्ष उत्तम बिष्ट , सुभ निर्माण सेवाका संचालक गिरीराज बिष्ट , आर एस क्रिकेट एकेडेमीका प्रशिक्षक दिपक पाटेल, रास्ट्रिय क्रिकेट खेलाडी अमित तामाङलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार सहित मेडल पुरस्कार पाउने छ । उपबिजेताले नगद १० हजारसहित मेडलमा चित्त बुझाउनु पर्नेछ । चैत १४ गतेसम्म संचालन हुन प्रतियोगितामा मित्रराष्ट भारतबाट २ वटा र दाङ जिल्लाका ४ गरि कुल ६ वटा एकेडेमीको सहभागिता रहेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्