मेयर कप टि २० क्रिकेट प्रतियोगिता हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मेयर कप टि २० क्रिकेट प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
चैत १० तुलसीपुर दाङ ।
तुलसीपुर उपमहानगरपालिका स्तरीय मेयर कप T-20 क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ ।
तुलसिपुर उपमहानगरपालिका को आयोजना तथा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबी तुलसिपुरको खेलमैदान मा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत २७ गते देखी सुरु हुुनेछ ।
तुलसिपुर क्षेत्रमा क्रीकेट खेल को बिकास र बिस्तार संगै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकल ले जानकारी दिए ।
भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसिपुर क्षेत्रको क्रीकेट लाई मेयर कप का माध्यम बाट चलाएमान बनाउन प्रतियोगिता को आयोजना गरिएको संयोजक माईकल ले बताए ।
झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसिपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणाली का आधारमा खेलाईनेछ ।यसैबिच प्रतियोगिता ब्यबस्थापन को जिम्मा पाएको त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले यतिबेला आफ्नो तयारी लाई तिब्र पारेको छ ! उसले टिम सहभागिता का लागि पत्राचार, प्रचार प्रसार,खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारी लाई तिब्र पारेको त्रीशिदेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डागी ले जानकारी दिए !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्