भीम रावलकाेे व्यङ्ग्य कविता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भीम रावलकाेे व्यङ्ग्य कविता

    मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै भीम रावलले कविता सुनाएका छन् । माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा नेता भीम रावलले कविता सुनाएका छन् ।

भीम रावल

युवा हो उठ एक भइ जुट यो देश जोगाउन
कम्युनिस्ट मास्ने, राज्यलाई नास्ने भस्मासुर भगाउन

हामीले सोच्यौँ स्वाधिनता देशको हिमाल झै उठाउन
विश्वका सामू समाजवाद युक्त नेपाल चिनाउन

कस्तो हो तिम्रो खर्कको धार आफैलाई सिध्याउँने
न्यायका पारा श्रमशीलहरुको अहंकारमा रमाउने

शक्ति र धनको उन्मादमा तिम्ले सुखानी बिर्सेछौँ
जाली र झेली देश मारातर्फ किन हो फर्किन्छौँ

षड्यन्त्र तिम्रो फुट्ने छ तिम्रो माटोको हाँडी झै
तिरस्कार तिम्रो हुने छ यहाँ देशभक्त एक भई

रक्षाका लागि सिर्जना हाम्रो संगठित भएर
यो मातृभूमि सुरक्षित गर्ने कसम खाएर

उठाइमाथि रक्तिमा झण्डा बचाउ स्वाभिमान
चक्नाचुर पार्दै विश्वासघाती दुश्कार्य अभिमान

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्