मासिक कूल आम्दानीको ० दशमलव ५ प्रतिशत रकम छुट्टै जगेडा कोष निर्माण गरी जम्मा गर्न एनप्याब्सनकाे निर्देशन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मासिक कूल आम्दानीको ० दशमलव ५ प्रतिशत रकम छुट्टै जगेडा कोष निर्माण गरी जम्मा गर्न एनप्याब्सनकाे निर्देशन

    मा प्रकाशित

चैत ११, काठमाडौं ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले सदस्य विद्यालयलाई जगेडा काेष जम्मा गर्न निर्देशन दिएकाे छ । एनप्याब्सनले मासिक कूल आम्दानीको ० दशमलव ५ प्रतिशत रकम छुट्टै जगेडा कोष निर्माण गरी जम्मा गर्न निर्देशन दिएको हाे ।

एनप्याब्सनको गत चैत ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय  समितिको बाह्रौं बैठक बसेकाे थियाे । बैठकले आफ्ना प्रत्येक सदस्य विद्यालयलाई रकम जम्मा गर्न निर्देशन दिने निर्णय गरेको एनप्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।

उनले भने, ‘फेरि पनि कोरोना संक्रमण नफैलेला भन्न सकिदैन्,’ त्यस्तो अवस्थामा एनप्याव्सनले आफ्ना सदस्य विद्यालयको शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्न सक्ने निर्णय गरेको छ ।

एनप्याव्सनले आज बुधबबार विज्ञप्ति जारी गर्दै उक्त बैठकले केन्द्रीय कार्यालय भवन खरिद तथा निर्माणका लागि एक उप समितिको गठन गरी आवश्यक प्रक्रिया अघि बढाउनका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्