तुलसीपुर नगर प्याब्सनको प्रिन्सिपल भेला सम्पन्न – Kanika Khabar
Saturday, April 20Nepali News Portal

तुलसीपुर नगर प्याब्सनको प्रिन्सिपल भेला सम्पन्न

    मा प्रकाशित

कनिका खबर
चैत १३, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन )दाङकाे तुलसीपुर नगर कमिटीकाे प्रधानाध्यापक भेला सम्पन्न भएकाे छ ।

तुलसीपुर नगर अध्यक्ष गिरीराज डाँगीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य केशब थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ शैक्षिक सत्र, परीक्षा प्रणाली, आगामी शैक्षिक रणनीति लगायतका विषयमा छलफल भएकाे थियाे ।

शैक्षिक गुणस्तरमा निजी विद्यालयले खेलेकाे भूमिकाका विषयमा चर्चा गर्दै आगामी दिनमा शैक्षिक उन्नयनका लागि अझ लागिपर्नुपर्ने बताइएकाे थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि प्याब्सनका यादव गिरी, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, दाङ जिल्ला अध्यक्ष रेशमबहादुर बुढा, वरिष्ठ उपाध्यक्ष मधुसुदन के.सी. ग्रेट अरनिकाे माविका प्रिन्सिपल विष्णुप्रसाद आचार्य लगायतले बिचार राखेका थिए ।

नगर उपाध्यक्ष डम्मर डाँगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विष्णु याेगीले गरेका थिए ।

आचार्य सम्मानित 

लामाे समयसम्म सामुदायिक विद्यालयमा कार्यरत रही रिटायर्ड  जीवन बिताइरहेका विष्णुप्रसाद आचार्य पछिल्लो समयमा संस्थागत विद्यालयमा जाेडिएका छन् । उनी हाल तुलसीपुरस्थित ग्रेट अरनिकाेे माविमा प्रिन्सिपलकाे रूपमा कार्यरत रहेका छन् । आचार्यले शैक्षिक क्षेत्रमा पुर्‍याएकाेे याेगदानकाेे मुल्यांकन गर्दै सम्मान गरिएको थियाे ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्