कविता : क्रान्ति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कविता : क्रान्ति

    मा प्रकाशित

यात्राको कुनै विन्दुमा
एकाएक बदलिदियो
मेरो कलमले लेखनको स्वरुप
आजीवन लेख्दा – लेख्दा
जिन्दगीको सफेद फाइलमा
रङ्गिन रुमानी अक्षरहरू .. !

लेख्दा – लेख्दा एकदिन
डायरिको मध्यपृष्ठमा
अचानक लेखिएछ
‘क्रान्ति’ !

साशकहरूले
ललकार गरे कलमको सामर्थ
सायद फिका देखेर हुन सक्छ मसिको प्रगाढता !

त्यसपछि सुरु भएको हो बग्न
कलमबाट बारुदको फ्लेवर !

दृश्यहरू बद्लिएका हुन्
कलमको निब देखिएको हो
बन्दुकको नाल जस्तो !

र निरन्तर छर्किरहेको हो
अक्षर – अक्षरमा
बारुदका चर्का छिर्काहरू !

मानौ – अब यो कलम
एक अध्यायको अन्तिम बिन्दुमा उभिएर
हतपतिएको छ युद्ध गर्न !

हतारिएको छ विस्फोट हुन
ध्वस्त हुने गरि पुरातन संरचनाको
यो अति जिर्ण र वृद्ध धुरी !

त्यसपछी लगत्तै आरम्भको घोषणा गर्न
अर्को सुनौलो अध्याएको ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्