बझाङमा १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

बझाङमा १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ

    मा प्रकाशित

तरुणा जोशी
चैत १६, बझाङ ।
जयपृथ्वी नगरपालीका वडानम्बर ६ नौराकी १४ वर्षीया बालीकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षक प्रकाउ परेका छन् । नौराकै भबानी माबिमा अध्यनरत बालीकालाई बिद्यालयकै शिक्षक ३१ वर्षका जगतसिंह जोगीले जबरजस्ती करणी गर्न खोजेको पीडित बालीकाका आफन्तले बताएका छन् ।

चैत १४ गते ग्वानी भन्ने ठाउँमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालीकाको भनाइ छ । पीडीत पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो । शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्