सोती घटना योजनावद्ध भएको हो : प्रदेशसभा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सोती घटना योजनावद्ध भएको हो : प्रदेशसभा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १७, दाङ ।
कर्णाली प्रदेशसभाका सांसदहरुले रुकुमको चौरजहारी सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सांसदले घटना पूर्व योजनाअनुसार नै भएको निष्कर्ष निकालेका हुन् ।
घटनाको न्यायीक र निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । नेकपाकी सचेतक सीता नेपालीले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिन् ।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण घटना भएको बताए । केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढङ्गले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको उहाँले बताए । सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरी फर्किएका छन् ।

जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सञ्जु भनिने सन्दिप विक, ११ नम्बर वडाका लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११, जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदी र किनारमा भेटिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्