घुस लिएको अभियोगमा मुद्दा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घुस लिएको अभियोगमा मुद्दा

    मा प्रकाशित

चैत १६, इलाम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले वकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय इलामका तत्कालीन डिभिजनल इञ्जिनीयर सुवास बस्नेतले घुस लिएको अभियोगमा विशेष अदालतमा नै मुद्दा चलिरहेको अवस्थामा सरकारी साक्षीको वकपत्रमा अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको पाइएको छ ।

आयोगका अनुसार खतिवडाले झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप कार्य गर्न बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक पटक गरी रु ३७ लाख ५० हजार जम्मा गरेको पाइएको छ । आयोगले खतिवडा विरुद्ध सोही अनुसारको बिगो कायम गरी भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रुाद रिसालले जानकारी दिए । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्