हाजिरीजवाफमा हंसवाहिनी विद्या सदन प्रथम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हाजिरीजवाफमा हंसवाहिनी विद्या सदन प्रथम

    मा प्रकाशित

कनिका खबर
चैत २१, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) दाङकाे आयाेजना हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएकाे छ ।
हाजिरी जवाफ कार्यक्रममा हंसवाहिनी विद्या सदन शान्तिनगर दाङका दिपक कुमार राना, सुर्दन घर्ती र छाया रावत प्रथम भएका थिए ।

त्यसैगरी तुलसी आवासीय मा वि का विरेन्द्र के सी, कविता काफ्ले र राजेश बाेहाेरा द्वितीय भएका थिए ।

 

अमर मा वि तुलसीपुरका प्रतीक रिजाल, प्रिन्स न्याैपाने र सन्ध्या जि एम तृतीय भएका थिए ।

पहिलाे चरणमा २१ वटा विद्यालय सहभागी रहेका थिए । २१ वटा विद्यालयका बिच भएकाे लिखित चरणबाट ८ वटा समुहले दाेस्राे चरणमा प्रवेश गरेका थिए ।

प्याव्सन दाङका उपाध्यक्ष विजय जि एमकाे अध्यक्षता तथा केन्द्रीय सदस्य यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाेे पहिलाे चरणकाे सहजीकरण सचिव खगेश्वर पाैडेलले गरेका थिए ।
दा्स्राे चरणकाे कार्यक्रमकाे सहजीकरण मेचिकाली माविका शिक्षक नवराज खत्रीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्