कोपा डेल रे फुटबलको उपाधि सोसिडाडलाई – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोपा डेल रे फुटबलको उपाधि सोसिडाडलाई

    मा प्रकाशित

एजेन्सी ।
रियल सोसिडाडले सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि हात पारेको छ । गयराति सम्पन्न फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक उपाधि हात पारेको हो ।सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गर्नुभयो ।

उहाँले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।मिकेलको गोल नै खेलमा निर्णायक बन्यो ।सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ ।सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।फाइनल खेल अप्रिल १७ मा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्