आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

    मा प्रकाशित

काठमाडाैँ ३०, चैत ।

– इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ।

चेन्नईमा गएराति भएको खेलमा काेलकाताले हैदराबादलाई १० रनले हराएको हो । काेलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको काेलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनकाे मद्दतमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो ।

आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स-११ पञ्जाब खेल्दैछन् । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्