आत्मालोचना गरी पार्टीमा फर्कनुहोस् : प्रधानमन्त्री ओली – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आत्मालोचना गरी पार्टीमा फर्कनुहोस् : प्रधानमन्त्री ओली

    मा प्रकाशित

चैत ३०, काठमाडौँ ।
प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ ।

आत्मआलोचना गरेर फर्कन तर फर्किएर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उहाँले चेतावनी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि पार्टीबाट निष्कासन नगरेको भन्दै आत्मालोचना गरेर फर्किए पार्टीमा विना भेदभाव काम गर्न दिने बताउनुभयो ।

तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उहाँको भनाइ छ । आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्