कोरोना सङ्क्रमणवाट विश्वभरि ८ हजार ५० जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोना सङ्क्रमणवाट विश्वभरि ८ हजार ५० जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
वितेको २४ घण्टामा विश्वमा कोरोना सङ्क्रमणवाट ८ हजार ५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ५ सय १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा १३ करोड ६६ लाख २८ हजार ५ सय ३० जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।

त्यस्तै विश्वमा २९ लाख ४९ हजार २ सय २८ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने १ लाख ३३ हजार ६९ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वभर सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १० करोड९८ लाख ७७हजार ३२ जना पुगेको छ ।

महामारीबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा १ लाख ६९ हजार ९ सय १४ जना सङ्क्रमित भएका छन् । भारतमा मात्रै २४ घण्टामा ९ सय ४ जनाको मृत्यु भएको छ । भारत पछि अमेरिका, बेलायत, ब्राजील, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्