`मास्क सारथि´ काे मास्कमा नयाँ आयाम – Kanika Khabar
Friday, March 29Nepali News Portal

`मास्क सारथि´ काे मास्कमा नयाँ आयाम

    मा प्रकाशित

कनिका खबर
बैशाख २, दाङ ।
काेराेना भाइरसकाे त्रासका बिचमा जिल्लाव्यापी मास्क अभियान चलाएका बिरू केसीले मास्क अभियानमा नयाँ आयाम थालेका छन् ।

 

काेराना भाइरसकाे सङ्क्रमण बढिरहेकाे बेला सतर्कता तथा सचेतना अभियानसँगै मास्क वितरण अभियानमा सक्रिय रहेका बिरूले अभियानलाई नयाँ रूप दिन थालेका छन् ।

पछिल्लो चरणमा नेपालमा काेराेनाकाे दाेस्राे लहर चलिरहँदा मास्क वितरण अभियानलाई सार्वजनिक कार्यक्रमकाे भीडमा उपस्थित गराउन थालेका छन् । अहिले सार्वजनिक स्थलमा हुने कार्यक्रममा उपस्थित भएर मास्क र पानी वितरण गर्न थालेका छन् ।

केही दिन पहिले पत्रकार महासंघकाे निर्वाचनका बेला दाङ शाखाकाे प्राङ्गनमा भेटिएका बिरू नयाँ वर्षको दिन दाङकाे अम्विकेश्वरी मन्दिरकाे प्राङ्गणमा भेटिएका थिए । त्यसाे त उनी सार्वजनिक स्थलका अन्य ठाउँमा समेत पुग्न भ्याएका छन् ।

नयाँ वर्षको दिन प्राय: बिहानैदेखि मन्दिर तथा देवालयमा मानिसकाे भीड लागेकाे थियाे । यस्ता विशेष दिनकाे अवसर पारेर मानिसकाे बढी जमघट हुने ठाउँमा उनी मास्क र पानी लिएर बसेका हुन्छन् । निशर्त सामाजिक काममा आफूलाई सहभागी गराउँदै आएका मास्क सारथि बिरू अहिले सार्वजनिक स्थल र कार्यक्रममा लाग्ने भीडमा सचेतना तथा सतर्कता दिलाउन प्रतीकात्मक रूपमा मास्क वितरण गर्दै आएका छन् ।

` काेराेनाकाे दाेस्राे लहर बढ्दै जाँदा हामीले सतर्कता अपनाउन छाडेका छाैँ । प्राय:ले मास्क प्रयाेग गर्न छाडिसकेका छन् । प्रशासनले केन्द्रीय निर्देशनकाे बाटाे हेर्ने गर्दछ, मानिसहरू स्वास्थ्यका विषयमा संवेदनशील हुन सकेका छैनन् । यसले खतरा निम्तिन सक्ने सम्भावना बढेकाे छ ।´ उनले भने । `सबै सचेत हाेऊन् भन्ने उद्देश्यका साथ याे प्रतिकात्मक काम पुन: थालेकाे हुँ ।´ उनले थपे, ` याे कामलाई सबैले अनुशरण गरिदिए आभारी हुने थिएँ।´

मास्क अभियानसँगै उनी `मास्क सारथि´ र `मास्क म्यान´ का नामले परिचित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्