नेपालमा काेराेनाकाे दाेस्राे लहर : पछिल्लो २४ घण्टामा ९०० जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा काेराेनाकाे दाेस्राे लहर : पछिल्लो २४ घण्टामा ९०० जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

बैशाख ३, दाङ ।

पछिल्लो चरणमा नेपालमा काेराेना सङ्क्रमणकाे ग्राफ बढ्दै जान थालेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

याेसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

यसैगरी २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्