वित्तीय संस्थाकै कर्मचारीबाट कीर्ते हस्ताक्षर गरी ऋण निकासा – Kanika Khabar
Friday, March 29Nepali News Portal

वित्तीय संस्थाकै कर्मचारीबाट कीर्ते हस्ताक्षर गरी ऋण निकासा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ४ बैशाख ।
देउखुरीस्थित एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीले कीर्ते हस्ताक्षर गरी रकम निकासा गरेको रहस्य खुलेको छ । आफ्नै संस्थामा आवद्ध सदस्यको नाममा सम्बन्धित व्यक्तिलाई थाहै नदिई कीर्ते हस्ताक्षर सहितको फाईल बनाएर दुई लाख रुपैयाँ निकासा गरेका छन् ।
ग्रामीण विकास लघुबित्त वित्तीय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिर आएको हो ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरी सँस्थाकी सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन । गत २६ गते लमही ब्रान्चमा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो । तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरी तपाईको मासिक किस्ता किन आएको छैन ? भनेर बुझ्दा उनी आश्चर्यमा परिन् । नखाएको ऋण बोक्नु पर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाविक हो । यो भन्दा अगाडि नै संस्थाभित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो ।

No description available.

वास्तविक के रहेछ भनेर संस्थाले चोकराज ढकाल सहितको छानबिन समिति लमही झिकायो । ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भए पनि उनी पहिले नै आईसकेका थिए । छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा कीर्ते हस्ताक्षर गरी ऋण निकासा गरेको प्रमाण फेला प¥यो । त्यसो त, आरोपित कुसुम थापालाई चैत १५ गते नै संस्थाले निलम्बन गरेको अहिलेका म्यानेजर ढकालले बताउनुभयो । ’उहाँले गल्ती स्विकारी सक्नुभयो, संस्थाले पनि कारबाही गरिसक्यो ढकालले भन्नुभयो,–। ‘हरेक ब्यक्ति फरक स्वभावका हुन्छन्, बदमासी गर्लान् भन्ने सोचाई नै आएन ।’

उहाँले ईन्द्र कुमारीको नाममा रहेको ऋण आरोपित कुसुमले केही दिनमै चुक्ता गरिदिने बताउनुभयो । फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर रहनुभएको थियो । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् ।
कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त हैन ? भनेर शंका गर्ने ठाउँ प्रसस्तै छन् । तर, म्यानेजर रेग्मी भन्छन प्रक्रिया पुगेको देखेर मैले ऋण निकासामा अनुमती दिएको हो । करिब १ दशक अगाडिदेखि संस्थामा जिम्बेवारी निर्बाह गरेकी कुसुमले बदमासी गर्छन् भनेर रेग्मीले सोच्नै सकेनन् । तर कुसुमले ईन्द्र कुमारीलाई मात्र हैन आफ्नै हाकिमलाई समेत चक्मा दिईन । नेपाल राष्ट्र बैँकबाट ’घ’ बर्गको ईजाजत प्राप्त ग्रामीण विकास लघुबित्त बित्तिय संस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य संस्था प्रतिको बिश्वास पनि खस्किदो छ । लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामीण संस्थाको ११ सय ५४ सदस्य छन् । यो बिश्वास चानचुने होईन ।
तमाम महिलाहरुको बिश्वास पाएर सञ्चालित संस्थाका कर्मचारीले आफैलाई घात गर्छन भन्ने सोझासाझा महिलाका लागि सोचाई भन्दा बाहिरको कुरा हो । ‘थाहै नदिई मेरै नाममा ऋण निकासा हुन्छ भन्ने मैले सोचेकै थिएन, तर सँगै बैठकमा बस्ने कुसुम मिसले घात गर्नुभो ।’ ईन्द्र कुमारीले गुणासो पोखिन् । ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनीजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । फरक यत्ति हो कि अन्यसँग सहमतिमा निकासा हुन्थ्यो भने ईन्द्र कुमारीसँग सहमति बेगर निकासा भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्