आजबाट एसइइको प्रश्नपत्र छापिन थाले, यसवर्ष जापानबाट पनि एसइइको परीक्षा दिने व्यवस्था – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आजबाट एसइइको प्रश्नपत्र छापिन थाले, यसवर्ष जापानबाट पनि एसइइको परीक्षा दिने व्यवस्था

    मा प्रकाशित

बैशाख ५, दाङ ।
आजबाट राष्ट्रिय परीक्षा बोर्डले ९एसईई०को प्रश्नपत्र छाप्ने काम सुरु भएको गरेको छ ।

एसईईको प्रश्नपत्र छपाई १५ दिन देखि २० दिन भित्र सक्ने योजनामा रहेको निमित्त परीक्षा नियन्त्रक भवराज कोईरालाले जानकारी दिएका छन् । उनका अनुसार २ हजार १६ केन्द्र छुट्याएको र यसका लागि बोर्ड बैठक बसेर अन्तिम निर्णय हुन बाँकी रहेको बताए ।

कोभिड –१९ को महामारी भईरह्यो भने पनि त्यसको विकल्पमा अहिले नै कुनै तयारी नभएको र यदि महामारी बढ्दै गयो भने त्यो अवस्थामा नेपाल सरकारले जे निर्णय गर्छ, त्यस अनुरुपको प्रक्रियालाई अघि बढाईने बोर्डले जनाएको छ ।

अघिल्लो वर्षको परीक्षामा विद्यालयबाट नै विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गरेको थियो । तर, त्यो प्रक्रिया सन्तुलन र प्रभावकारी बन्न नसकेकाले यो वर्ष सकेसम्म केन्द्रले नै परीक्षा लिने तयारी गरेको उनले बताए ।

साथै, यो वर्षबाट जापानबाट पनि एसइइको परीक्षा दिने व्यवस्था गरिएको छ । जसमा २४ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्