त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालको मलेसियामाथि सानदार जित – Kanika Khabar
Friday, April 19Nepali News Portal

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालको मलेसियामाथि सानदार जित

    मा प्रकाशित

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमानेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको गरेकोे मलेसिया १६ ओभर पाँच बलमा एक सय नौ रनमा अलआउट भएको हो ।

 

मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो ।बलिङमा करण केसीले तीन विकेट, सन्दिप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो जित हो ।

 

नेपालले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।अब नेपालले भोली नेदरल्याण्ड्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्