माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज

    मा प्रकाशित

बैशाख ७, काठमाडौँ ।
वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माणलगायतका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

हिजो बोलाइएको बैठक अरु राजनीतिक दलसँगको छलफलका कारण स्थगित गरिएको थियो । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन हिजो अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्