उक्लियाे काेराेना ग्राफ : पछिल्लो २४ घण्टामा १७३६ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

उक्लियाे काेराेना ग्राफ : पछिल्लो २४ घण्टामा १७३६ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

बैशाख ७, दाङ ।

नेपालमा दिनानुदिन काेराेना सङ्क्रमणकाे ग्राफ उक्लिदै जान थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७  ज नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

यसैगरी २४ घण्टामा २५१  जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्