उपचारमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

उपचारमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

    मा प्रकाशित

बैशाख ७, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिता समन्वय गरेर मात्र पठाउन निर्देशन दिनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्