यी हुन् स्पष्टीकरण सोधिएका एमालेका २७ जना सङ्घीय सांसद – Kanika Khabar
Thursday, March 28Nepali News Portal

यी हुन् स्पष्टीकरण सोधिएका एमालेका २७ जना सङ्घीय सांसद

    मा प्रकाशित

बैशाख ७, काठमाडौँ ।
पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल सहित २७ जना सङ्घीय सांसदलाई स्पष्टीकरण सोधेको छ । काँग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । सङ्घीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै तपाईलाई सङ्घीय संसद् सदस्यबाट किन नहटाउने ? भनेर सोधिएको छ ।

स्पष्टीकरण सोधिने मध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला रहेका छन् । यस्तै मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी छन् । पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् । हिजो बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा ह्विप नमान्ने नेता नेपाल सहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्