आज विश्वभर कोरोनाको कारण ९ हजार ८ सय ६३ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज विश्वभर कोरोनाको कारण ९ हजार ८ सय ६३ जनाको मृत्यु

    मा प्रकाशित

एनेन्सी ।
वितेको २४ घण्टामा विश्वमा कोरोना सङ्क्रमणवाट ९ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ भने ६ लाख ५७ हजार ६ सय ६६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

 

कोरोना सङ्क्रमणको तथ्याँक सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा १४ करोड २८ लाख ३ हजार ६ सय ११ जना कोरोनाबाटसङ्क्रमित भइसकेका छन् । त्यस्तै विश्वमा ३० लाख ४६ हजार ९९ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने १ लाख ८ हजार १ सय ४६ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

 

त्यस्तै विश्वभर सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १२ करोड १३ लाख ३९ हजार ५० जना पुगेको छ । महामारीबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा २ लाख ५६ हजार ९ सय ४७ जना सङ्क्रमित भएका छन् । भारतमा मात्रै २४ घण्टामा १ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । भारत पछि ब्राजील, अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्